गुवाहाटी(असम) असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यदि कंग्रेस अध्यक्ष भूपेन बोरा तयार छन् भने असम विधानसभाामा बिल ल्याएर गोमांसमाथि पूर्ण रूपले प्रतिबन्ध लगाइदिने प्रतिबद्धता ब्यक्त गरेका छन।
मुख्यमन्त्रीले आइतवार पत्रकारहरु संग कुराकानी गर्दै सो कुरा बताएका हुन। सो कार्यक्रममा मुख्यमन्त्रीसंगै प्रदेश भाजपा अध्यक्ष भबेश कलिता पनि उपस्थित थिए। मुख्यमन्त्रीले सो कुराकानीमा कंग्रेस सांसद रकिबुल हुसैनका ती आरोपहरूलाई हाँस्यस्पद बताए, जसमा उनले सामगगुरी चुनावमा भाजपामाथि मतदाताहरूलाई गाईको मासु खुवाएर भोट लिएको आरोप लगाएको बताए। मुख्यमन्त्रीले भने, रकिबुल हुसैनले अन्ततः स्वीकार गरे कि गाईको मासु खानु खराब हो। यदि रकिबुल हुसैन र कंग्रेस अध्यक्ष तयार छन् भने गोमांसमाथि असमभरि नै पूर्ण रूपले प्रतिबन्ध लगाइनेछ।
मुख्यमन्त्रीले २५ वर्षसम्म रकिबुल हुसैन विधायक रहेको सामगुरी सीटमा आज उनका छोरा परास्त भएकोमा उनले केही बोलिरहेका छैनन्। सामगुरी जस्तो सीटमा भाजपा उम्मेद्वारले १७ हजार मतले जित्नु भनेको कंग्रेसको निम्ति ठूलो हार हो। यो भाजपाको निम्ति जति ठूलो जीत हो त्योभन्दा ठूलो हार कंग्रेसको निम्ति रहेको बताए।