विधायक अखिल गोगोईको आवास छेउ महिलाको शव भेटिय

42e57c47-7b53-4b09-9921-acd13e438f65

गुवाहाटी(असम): शिवसागरका विधायक अखिल गोगोईको गुवाहाटीस्थित आवास छेउ शनिवार गए राति एकजना महिलाको शव भेटिएको छ। बिधायकको आवास रहेको सो जमीनलाई विधायक गोगोईले मृतक महिलाको नगाउँ निवासी पतिबाट खरिद गरेका हुन।
उक्त शव भेटिँदा विधायक गोगोई घरमै रहेका थिए। उनले पुलिसको जाँचमा सहयोग गरेका छन।
सो घटना बिबरण अनुसार राइजर दलका प्रमुख तथा विधायक अखिल गोगोईको गुवाहाटीको निजारापारस्थित आवास नजिकबाट गए राति लगभग १.३० बजे एकजना महिलाको शव फेला पऱ्यो, जसको पहिचान पुष्पाक्षी बोराको रूपमा भएको छ। उनी यहाँ एक्लै बस्थिइन्। विधायकले तत्कालै अधिकारीहरूलाई खबर गरेपछि पुलिसले शवलाई पोस्टमर्टम गर्न गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement