झापामा आईफोन सहित भारतीय नागरिक पक्राउ

IMG-20241201-WA0205

बिर्तामोड़: झापामा भन्सार छलेर भित्राएको ९ वटा आई फोनसहित एक भारतीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको विहार राज्य किशनगञ्ज जिल्ला जानकारी चोक बस्ने अन्दाजी २८ वर्षीय मो. ईस्त्राफिल रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी महेशराज विष्टले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पन्थपाडाबाट खटिएको पैदल गस्ती टोलीले शनिवार दिउँसो साढे १ बजेको समयमा झापा गाउँपालिका ४ सुकुम्वासी बस्तीमा भारतबाट नेपाल आउँदै गरेको बीआर ३७ जेट ८१०१ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनलाई शङ्का लागि चेकजाँच गर्दा ६ वटा आइफोन फेला पारेको थियो। बरामद गरिएको आइफोन अन्दाजी ९ लाख रुपैयाँ रहेको डीएसपी विष्टले बताए। आइफोन, मोटरसाइकल र ईस्त्राफिललाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement