कालचिनी: जयगाउँ दुई नम्बर ग्राम पञ्चायतको एक्जीक्यूटिभको चेम्बर धेरै दिनदेखि बन्द र मनरेगाको पैसा आजसम्म किन बन्द, ग्राम पञ्चायत प्रायः अचल अवस्थामा रहेको गरीब परिवारको निम्ति पाउने जीआर बन्द एवं अन्यान्य विविध समस्याहरु समेटेर प्रायः ९ बुँदे ज्ञापन पत्र जयगाउँ दुई नम्बर ग्राम पञ्चायत कार्यालयको सचिव समक्ष सुम्पिएको भाजपा ७ नम्बर मण्डल सभापति राजेश छेत्रीले दिएका छन्।
सोमबार उक्त ज्ञापन सुम्पिन ग्राम पञ्चायत पुगेका भाजपा ७ नम्बर मण्डल कमिटीको प्रतिनिधिहरुलाई ग्राम पञ्चायतको गेटमा पुलिसबलले अवरोध गरेकोमा भाजपा ७ नम्बर मण्डल सभापति राजेश छेत्री र महासचिव याकुब अलीले प्रतिवाद जनाएका छन्। ग्राम पञ्चायतमा धेरै अनियमितता भइरहेको र करोड़ करोड़को कामहरु बिना टेन्डर सम्पन्न भएको आदि आरोप पनि भाजपा समर्थकहरुले लगाएका छन्। यता सोमबार भाजपाको उक्त ज्ञापनमा ग्राम पञ्चायत प्रधान अनुपस्थित रहेको बताइएको छ।