तेस्रो हप्तामा तीनधारे गोर्खे हाट

IMG-20241201-WA0219

खरसाङ: तीनधारेमा चलिरहेको तीनधारे गोर्खे हाट तेस्रो हप्तामा पुगेको छ‌। गत १७ नोभेम्बरदेखि तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा शुरु भएको गोर्खे हाटको आज तेस्रो हप्ता हो। तीनधारे गोर्खे हाट तेस्रो हप्तामा पुग्दा २२ वटा दोकानहरु पुगेको जानकारी प्राप्त भएको छ। तीधारे गोर्खे हाटको तेस्रो हप्तामा अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राईले, पञ्चायत सदस्य अनिल तामाङ, शिवखोला ग्राम पञ्चायतको पूर्व प्रधान सीबी राई, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। गोर्खे हाटको तेस्रो हप्तामा आज तीनधारे क्षेत्रका कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए।‌ स्थानीय सर सामानहरु र जैविक चीजबीजहरुलाई प्रमोट गर्ने साथै तीनधारे गोर्खे हाटमा जातीय संस्कृति, परम्परा र खानपानलाई संरक्षण गर्ने उद्देश्यको साथमा शुरु गरिएको छ।‌ उक्त गोर्खे हाटमा आज पनि सर सामानहरु किनबेच गर्नेहरु निक्कै देखिएको छ।‌ जातीय खानपान, खुकुरी, जैविक सग सब्जीहरु लगायत अन्य सर सामानहरु किनबेच भएको देखिएको छ।‌ तेस्रो हप्तामा पुगेको तीनधारे गोर्खे हाटमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा र शिवखोला ग्राम पञ्चायतको पूर्व पञ्चायत प्रधान सीबी राईले सम्बोधन पनि गरेका थिए।‌

यस तीनधारे गोर्खे हाटको सञ्चालन र तेस्रो हप्तामा पुगेको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सन्तोष लामाले तीनधारे गोर्खे हाट तेस्रो हप्तामा पुग्दा २२ वटा दोकानहरु भएको छ भन्दै गोर्खे हाटमा विभिन्न दोकानहरुसितै सांगीतिक प्रस्तुतिहरु पनि निरन्तर रुपमा चलिरहेको जानकारी गराएका छन्।‌ उनले आज तीनधारे गोर्खे हाटमा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिएको बताएका छन्‌।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement