खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको सदस्यसहित दुधे क्षेत्रका गाउँलेहरु आज भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको बाहुलीबाट पार्टीको झण्डा थापेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। खरसाङ खण्ड पञ्चायत समितिमा स्वतन्त्र प्रार्थीको रुपमा चुनाव जितेका चन्द्रप्रसाद शर्मासितै दूधे क्षेत्रका गाउँलेहरु भागोप्रमोमस सामेल भएका छन्। खरसाङ खण्ड पञ्चायत समितिको सदस्य चन्द्रप्रसाद शर्मासितै दुधेबाट आएका गाउँलेहरुलाई भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले खदार्पणसहित पार्टीको झण्डा प्रदान गरेर भागोप्रमोमा स्वागत जनाएका छन्। यस अवसरमा पंखाबारी लङ्भ्यु अम्बटे समष्टिको सभासद कल्पना प्रधान, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, युवा शक्ति खरसाङ महकुमा समितिको कार्यकारी सचिव अनुप गदाल आदि पनि उपस्थित रहेका थिए। भागोप्रमोमा सामेल भएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ खण्ड पञ्चायत समितिको सदस्य चन्द्रप्रसाद शर्माले आफुहरु दुधेे क्षेत्रमा पार्टीगत रुपमा स्थानीय पार्टीमा नेतृत्वहरुसित ताल मेल नमिलेर विपक्षमा रहेका थियौं तर अनुप गदालको नेतृत्वमा हामी एक भएर भागोप्रमोमा सामेल भएको बताएका छन्। उनले आफुलाई काम गर्नु पनि धेरै असुविधा भईरहेकोले साथै जीटीए प्रमुख अनित थापाले पहाडमा गरिरहेको विकास कार्यले गर्दा भागोप्रमोमा सामेल भएको बताएका छन्। उनले उनको भिजन पहिलादेखि नै राम्रो लागेको बताउँदै दुधे क्षेत्रका गाउँलेहरु लिएर आफु भागोप्रमोमा सामेल भएको बताएका छन्।