जीटीए आईडल अन्तर्गत तीनधारे महानदी समष्टिमा आयोजना गरिने अडिशनलाई लिएर सभा सम्पन्न

IMG-20241201-WA0214

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा हुने जीटीए आईडलको लागि तीनधारे महानदी समष्टिमा पनि तयारी गर्नलाई साथै तीनधारे महानदी समष्टिमा पनि समष्टि स्तरीय आईडलको लागि रुपरेखा तयार पार्नलाई सभा गरिएको छ। उक्त सभामा तीनधारे क्षेत्रका वरिष्ठ गायक संगीतकारहरुलाई लिएर तीनधारेमा सभा सम्पन्न गरिएको छ‌। उक्त सभामा जीटीए आईडल तीनधारे महानदी समष्टिको लागि गायक कर्म मोक्तानलाई संयोजक चयन गरिएको छ। उक्त सभामा तीनधारे क्षेत्रका वरिष्ठ गायक संगीतकारहरु क्रमैले सुरेन बम्जन, चन्दु भुसाल, गौतम मोक्तान, बरुण रसाईली, कर्म मोक्तान, यादव गजमेर, साजेस रुचाल लगायत तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समष्टि सभापति राजीव थापा, समष्टि युवा शक्तिको सभापति केवल राई आदि उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै यस विषयमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्‌‌। उनले जीटीए आईडल अन्तर्गत तीनधारे महानदी समष्टिमा आयोजना गरिने अडिशनलाई लिएर तीनधारे क्षेत्रका वरिष्ठ गायक संगीतकारहरुलाई लिएर सभा सम्पन्न गरिएको बताएका छन्‌। उनले जीटीए आईडलको‌ लागि तीनधारे महानदी समष्टिमा पनि अडिशन गराएर यस समष्टिबाट पनि राम्रो गायक गायिकाहरुलाई चयन गरेर पठाइने भएको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement