सोनादा: जीटीए कर्मचारी संगठन रंगबुल धोतरिया युनिटद्वारा समष्टिमा २०२२ अवकाशप्राप्त भएका जीटीए कर्मचारीहरुलाई बिदाई समारोह आयोजना गरेर बिदाई दिइएको छ। उक्त कार्यक्रममा रंगबुल धोतरिया युनिटद्वारा समष्टिको ८ जना अवकाशप्राप्त जीटीए कर्मचारीहरुलाई सम्मानसहित बिदाई दिइएको छ। जीटीए कर्मचारीहरुलाई बिदाई समारोह आयोजना गरेर बिदाई दिइएको सम्भवतः यो पहिलोपटक हो। यस अवसरमा 8 जना अवकाशप्राप्त जीटीए कर्मचारीहरुलाई खदार्पणसहित सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मानसहित बिदाई दिइएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै लक्ष्मण ठकुरीले रंगबुक धोतरिया समष्टिको अवकाशप्राप्त ८ जना अवकाशप्राप्त जीटीए कर्मचारीहरुलाई बिदाई दिइएको बताएका छन्।

उनले यो कार्यक्रममा जीटीए कर्मचारी संगठनको केन्द्रीय र महकुमा समितिको पदाधिकारीहरू उपस्थित रहेको बताउँदै यो कार्यक्रम आयोजनाको लागि क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।