सोनादा: एकता भाइ समाज सिमानाटार सोनादाको तत्वधानमा सिमानाटारमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविर सिमानाटारस्थित सार्वजनिक भवनमा सम्पन्न गरिएको छ। यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा
आँखा रोग, ईएनटी अनि साधारण रोग विशेषज्ञ डाक्टर जावेद उस्मानको उपस्थिति रहेकाे थियो। यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा सोनादा र सिमानाटार वरिपरिका आँखा कान अनि साधराण रोगका बिरामीहरु उपस्थित रहेर स्वास्थ्य जाँच गराएका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाई समाज ट्रस्टको तर्फबाट सुनिल शर्माले भाइ समाज ट्रस्टको आयोजनामा सिमानाटारमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको र यस शिविरमा आँखा,नाक कानका रोग अनि साधारण रोग विशेषज्ञ डाक्टर जावेद उस्मान उपस्थित रहेका थिए।यस शिविरमा सोनादा र सिमानाटार वरिपरिका मानिसहरुले स्वास्थ्य जाँच गराएको बताएका छन्। उनले यस स्वास्थ्य जाँच शिविरमा सहयोग गर्ने डाक्टर र उनका टिम लाई एकता भाइ समाजको तर्फबाट आभार प्रकट गरेका छन्।