भारत र कम्बोडियाले पुणेमा शुरु गर्यो पहिलो संयुक्त टेबल टप अभ्यास ‘सिनबैक्स’

IMG_2709G2GD.jpeg

नयाँ दिल्ली: भारतीय सेना र कम्बोडियाली सेनाबीच संयुक्त टेबल टप अभ्यास ‘सिनबैक्स’ को पहिलो संस्करण आज विदेशी तालिम नोड, पुणेमा शुरु भएको छ। यो अभ्यास १ दिसम्बरदेखि ८ दिसम्बर २०२४ सम्म हुनेछ। कम्बोडियाली सेनाको टोलीमा २० सैनिक समावेश छन् भने भारतीय सेनाको टोलीमा पनि एक इन्फ्यान्ट्री ब्रिगेडका २० सैनिक समावेश हुनेछन्। अभ्यास सिनबैक्स एक योजनागत अभ्यास हो जसको उद्देश्य संयुक्त राष्ट्र चार्टरको अध्याय ७ अन्तर्गत संयुक्त आतंकवाद विरोधी (सीटी) अभियानको युद्ध अभ्यास गर्नु हो। अभ्यासले सीटी वातावरणमा संचालन योजना बनाउनुका साथै गुप्तचर, निगरानी र टोहीका लागि संयुक्त प्रशिक्षण कार्यबलको स्थापना सम्बन्धी छलफलमा केन्द्रित हुनेछ। विभिन्न आकस्मिकताहरूमा युद्ध अभ्यास गरिनेछ र उप-पारम्परिक अभियानमा बलको संख्यामा वृद्धि गर्न पनि चर्चा गरिनेछ।

अभ्यासमा सूचना सञ्चालन, साइबर युद्ध, हाइब्रिड युद्ध, रसद तथा घाइते व्यवस्थापन, मानवतावादी सहायता तथा प्रकोप राहत (एचएडीआर) सञ्चालन आदिबारे पनि चर्चा गरिनेछ। अभ्यास तीन चरणमा सञ्चालन हुनेछ।  चरण-१: संयुक्त राष्ट्र शान्ति मिसनको क्रममा सीटी संचालनका लागि सहभागीहरूको तयारी र अभिमुखीकरण।  चरण-२I: टेबल टप अभ्यासहरू सञ्चालन। चरण-३I: योजनाहरूलाई अन्तिम रूप दिने र सारांश बनाउने। यसले विषयगत तालिमका व्यावहारिक पक्षबारे जानकारी दिनेछ र सहभागीहरूले स्थिति-आधारित छलफल तथा रणनीतिक अभ्यासमार्फत प्रक्रियाहरू बुझ्नेछन्। अभ्यासमा भारतीय हतियार र उपकरणहरूको प्रदर्शन पनि गरिनेछ जसले रक्षा उत्पादनमा ‘आत्मनिर्भरता’ र स्वदेशी क्षमतालाई प्रवर्द्धन गर्नेछ। अभ्यास सिनबैक्सको पहिलो संस्करण दुबै पक्षका सैनिकहरूबीच विश्वास, मित्रता र आपसी सहकार्यलाई प्रबर्द्धन गर्न केन्द्रित हुनेछ। यसले शान्ति स्थापना अभियानमा दुवै सेनाको संयुक्त सञ्चालन दक्षता वृद्धि गर्न सहयोग गर्नेछ। -पीआईबी  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement