जलपाईगढी: सिक्किममा हिजो बस दुर्घटनामा जलपाईगढीका ५२ वर्षीय मजदुर सुजित दासको मृत्यु भएको छ। जलपाईगढी जिल्ला प्रशासनले आइतबार सदर ब्लकको खारिया ग्राम पञ्चायत अन्तर्गत मध्यपाडा क्षेत्रमा रहेको उनको घर पुगेर परिवारका सदस्यहरूलाई भेट गरे।

प्रशासनिक अधिकारीहरूमा सदर बीडीओ मिहिर कर्माकर र सदर पञ्चायत समितिका अध्यक्ष विनय रायसहित स्थानीय प्रमुखहरू थिए। प्रशासनले मृतकका परिवारलाई सक्दो सहयोग गर्ने आश्वासन दिएको छ। उल्लेखनीय छ, सुजित दास सिक्किमको सियारीमा इलेक्ट्रीशियनको रूपमा काम गर्थे। बिदाबाट घर फर्कने क्रममा यो दुर्घटना भएको बताइएको छ।