सिलगढी: सिलगढी वन विभागका अधिकारीहरूले अवैध रूपमा जंगलबाट काठ काटेर बिक्री गर्ने तीन लाख रुपियाँको काठसहित चार जनालाई पक्राउ गरेका छन्। गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा बागडोगरा वन विभागका कर्मचारीले शिवमन्दिर फ्लाईओभरमा छापा मारेको वन विभाग स्रोतका अनुसार लामो समयदेखि काठ तस्करहरूले शिव मन्दिर क्षेत्रमा अवैध रूपमा काठ ल्याएर बिक्री गर्ने गरेको सूचना पाएको थियो। शनिबार राति सूचना पाएलगत्तै वनकर्मीले अभियान शुरु गरे। खास गाडी आइपुग्ने बित्तिकै वनकर्मीले गाडीलाई घेरे। वनकर्मीले चालक सञ्जीव रायलाई काठका कागजपत्र हेर्न आग्रह गर्दा चालकले गाडी छाडेर भाग्न थाले। तर वनकर्मीले उनलाई समाते। अवैध काठ खरिद बिक्रीमा संलग्न रहेको आरोपमा वन अधिकारीले सबुज बर्मन, सुरज बर्मन र प्रकाश तामाङलाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जनालाई आज सिलगढी अदालतमा पेश गरियो।