नयाँ दिल्ली: सिक्किमका राज्यपाल गंगा प्रसादले सोमवार देशका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेट गरे। यस भेट अवधि प्रधानमन्त्री र राज्यपालबीच राज्यका विकास कार्यहरूलाई लिएर चर्चा भएको जनाएकाे छ।

यस अवसरमा राज्यपाल प्रसादले प्रधानमन्त्रीलाई आफ्ना पुस्तकहरू ‘स्मृति साक्ष्य, मेरा जीवन अविरल गंगा’, ‘आजादी का अमृत महोत्सव, मेरे ७५ संस्मरण’ र ‘गंगार्पण’ प्रदान गरे। यसै गरी, उनले प्रधानमन्त्रीलाई थाङ्का पनि भेट स्वरूप प्रदान गरे।