खरसाङ: गत १३ अगस्तदेखि बन्द रहेको अम्बोटिया चियाबगानका श्रमिक अनि कर्मचारीहरूले आज खरसाङका उप श्रमायुक्तसित तिनको कार्यलयमा भेट गरेर बगान खोल्नको निम्ति उचित पहल गर्ने निवेदन गरे। राजेन्द्र राजपुतको नेतृत्वमा रहेको उक्त प्रतिनिधि टोलीले यस सम्बन्धमा उपश्रमायुक्तलाई एउटा ज्ञापन पनि चढाएको छ। यस बारेमा चियाबगानका कर्मचारी तथा प्रतिनिधि मण्डलको नेतृत्व गरेका राजेन्द्र राजपुतले पत्रकारहरूलाई यसरी बताएका छन्।