विद्यालयबाट फर्किँदै गर्दा भीरबाट लडेर ५ वर्षीया बालिकाको मृत्यु

IMG-20241201-WA0096

धनकुटा: धनकुटाको सहिदभूमी गाउँपालिका-३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ।
सहिदभूमी-४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो। प्रहरीका अनुसार राई शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किनेक्रममा स्थानीय च्याब्रुङ भीरबाट लडेकी थिइन्। भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी थिइन्।
उनको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए।शवको जिल्ला अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement