कोलकता: आज प्रसन्न कुमार रोयलाई कलकत्ता हाईकोर्टले ०५ सेप्टेम्बरसम्म सीबीआई हिरासतमा पठाउने निर्देश दियो। तिनलाई शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्राउ गरेका थिए। यसअघि प्रसन्नका उकीलले बिमारीको उल्लेख गर्दै जमानतको निम्ति आवेदन गरेका थिए, जसलाई कोर्टले खारेज गऱ्यो। कोर्टमा जमानत अर्जीको विरोध गर्दै सीबीआईका उकीलले भने, ‘प्रसन्नको घरको तलाशीमा धेरै आपत्तिजनक दस्तावेज भेटिएको छ’।
उल्लेख्य, शिक्षक भर्ती भ्रष्टाचार मामिलामा सीबीआई कथित मुखियाको भूमिकाको जाँच गरिरहेछ। यद्यपि, जाँच एजेन्सीले मिडलम्यान प्रदीपले कसलाई मुखिया भनेको थियो, यो चाहि बताएन। प्रसन्न एक कार रेन्टल कम्पनीको मालिक हो। मिडलम्यान प्रदीपलाई २४ अगस्तमा भ्रष्टाचारको एक मामिलामा पक्राउ गरिएको थियो। कथित रूपमा प्रदीप एसएससीको माध्यमले शिक्षक भर्तीको निम्ति उम्मेदवारहरू खोज्नेगर्थ्यो। यसपछि उसले बोर्डका अधिकारीहरूसित संवाद गर्थ्यो। सोधपुछपछि जाँचकर्ता त्यस कम्पनीमा पुगे, जहाँ प्रदीप सल्ट लेकमा काम गर्थ्यो। यही आधारमा गत शुक्रवार प्रसन्नलाई पक्राउ गरिएको थियो।