गान्तोक: राजधानीको सम्मान भवनमा आज आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले अखिल सिक्किम ठेकेदार प्रकोष्ठका नयाँ कार्यकारी सदस्यहरूको घोषणा गरेका छन्।
मुख्यमन्त्रीले सहदेव शर्मालाई संगठनको अध्यक्षको रुपमा नियुक्त गरेको घोषणा गरे।
यसैगरी, पेन्जो डी. नामग्याललाई सङ्गठनको सल्लाहकार पदमा नियुक्त गरिएको छ। सङ्गठनको संरचनामा थप परिमार्जन गर्दै जुलु नाम्छ्योलाई अध्यक्ष नियुक्त गरिएको छ भने लाक्पा मोक्तानलाई प्रमुख संयोजकको जिम्मेवारी सुम्पिएको छ। यस नियुक्तिसँगै सिक्किमको ठेकेदार क्षेत्रको व्यवस्थापन र समन्वयमा नयाँ जोश र दिशा आउने विश्वास गरिएको छ।
कार्यक्रममा मुख्यमन्त्री तामाङले नयाँ नेतृत्वको भूमिकाबारे टिप्पणी गर्दै सङ्गठनको नयाँ नेतृत्वले सिक्किमका ठेकेदारहरूको हक र हितका लागि थप सक्रिय र समर्पित भएर काम गर्ने विश्वास व्यक्त गरे। सिक्किमका प्रत्येक क्षेत्रमा समृद्धि र विकासको नयाँ युगको आरम्भ गर्ने दृढ संकल्पमा ठेकेदार सङ्गठन पनि सक्रिय रूपमा लागि पर्न सुझाउ राखे।
यस नियुक्तिका साथै, नयाँ कार्यकारी सदस्यहरूले सिक्किमका ठेकेदारहरूको समस्याहरू समाधान गर्न र समाजको समग्र उत्थानमा योगदान पुर्याउन प्रतिबद्धता जाहेर गरेका छन्।