क्याप सिक्किमद्वारा बस दुर्घटनाप्रति दु:ख प्रकट

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले शनिवार सॉंझ रम्फू भोटेभीरमा भएको बस दुर्घटनामा परेर ६ जनाले ज्यान गुमाउनुका साथै १५ भन्दा बढी गम्भीर घाइते भएको समाचारले आफुहरूलाई स्तब्ध बनाएको बताएको छ।
यो घटना सम्पूर्ण सिक्किमवासीका लागि गहिरो पीडा र अपूर्ण क्षति हो भनी सीएपीले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।
क्याप सिक्किमले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
अर्कोतिर, यस घटनाप्रति सम्बन्धित निकायले तत्काल उचित राहत र सहयोगको व्यवस्था गर्नुपर्ने क्यापले माग गरेको छ। घाइतेहरूको उपचारमा कुनै पनि कमी हुन नदिनु र भविष्यमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन सडक सुरक्षा उपायहरूको सुदृढीकरणमा ध्यान दिनु अत्यावश्यक रहेको क्यापले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement