सिक्किम विद्युत क्षेत्र विकास परियोजना राज्यको विकास यात्रामा एक परिवर्तनकारी कोसेढुङ्गा: मुख्यमन्त्री

n641480577173298846913323c317717b1707939321706770d049872fd4d85d0f3af09de83c3f72584a4451

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज राजधानीको सम्मान भवनमा आयोजित एक कार्यक्रममा एशियन डेभलपमेन्ट ब्याङ्क (एडीबी) परियोजना अन्तर्गत सिक्किम विद्युत क्षेत्र विकास परियोजनाको शुभारम्भ गरियो।
मुख्यमन्त्रीले यसलाई राज्यको विकास यात्रामा एक परिवर्तनकारी कोसेढुङ्गा बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एशियन डेभलपमेन्ट ब्याङ्क (एडीबी) योजनाको यस महत्वपूर्ण कार्यक्रमको निम्ति सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै सिक्किममा दिगो र सुचारू विद्युत आपूर्तिको निम्ति सरकारले गरेका पहलहरूको बारेमा प्रकाश पारे। एडीबीको सहयोगबारे पनि जानकारी गराउॅंदै मुख्यमन्त्रीले सरकारको बिपास विजुली, पानी र सडक योजनाको उल्लेख गरे। राज्यमा दिगो विकासको क्षेत्रमा वर्तमान सरकारले गर्दै आइरहेका कार्यहरूमाथि प्रकाश पार्दै एडीबीका पदाधिकारीहरूप्रति हार्दिक आभार व्यक्त गरे।
आफ्नो सम्बोधनमा विद्युत विभागका सल्लाहकार सञ्जित खरेलले यो एक ऐतिहासिक कार्यक्रम रहेको बताउँदै मुख्यमन्त्री तामाङको गतिशील नेतृत्वमा राज्यमा विद्युत विभागको उपलब्धि एवं गतिविधिबारे प्रकाश पारे। एडीबीको निरन्तर सहयोगको निम्ति उनले सिक्किम सरकारको पक्षबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे।
आफ्नो सम्बोधनमा विद्युत क्षेत्र कार्यालय एशियाली विकास ब्याङ्कका निर्देशक सुजाता गुप्ताले मुख्यमन्त्री तामाङलाई दोस्रो कार्यकालको निम्ति हार्दिक शुभकामना दिॅंदै सिक्किम विद्युत क्षेत्र विकास परियोजनाको उद्घाटनको निम्ति सिक्किम सरकारलाई बधाई दिइन्। उर्जा क्षेत्रमा यसको महत्वपूर्ण भुमिकाको उल्लेख गर्दै उनले मुख्यमन्त्री तामाङको कुशल मार्गदर्शनमा राज्यले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताइन्। यस पहलले सिक्किम राज्यमा उर्जा विकास क्षेत्रमा एउटा माईलखुट्टी निर्माण गर्ने बताउँदै एडीबीसितको समन्वयमा अझ धेरै दिगो काम भएर जाने उनले आशा व्यक्त गरिन्।
कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीद्वारा एडीबीकी निर्देशक सुजाता गुप्तालगायत अन्य अधिकारीहरूलाई स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइयो भने एडीबीको पक्षबाट पनि मुख्यमन्त्रीलाई सम्मान जनाइयो। कार्यक्रममा वित्त विभागका अधिकारीहरू, विद्युत विभागका अधिकारीहरू, ठेकादार संघका प्रतिनिधिहरू आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement