‘क्याप’ को गान्तोक जिल्लास्तरीय समितिको समन्वय बैठक

IMG-20241130-WA0234

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमले गान्तोक जिल्लास्तरीय समन्वय सभा सम्पन्न गऱ्यो। पार्टीका राजनीतिक मामिला उपाध्यक्ष भूषण अधिकारीको अध्यक्षतामा भएको सभाले विभिन्न विषयमाथि छलफल गरेको थियो। अदमपुलस्थित पार्टी मिख्यालयमा बसेको सभामा पार्टीकी वरिष्ठ नेत्री सुमती छेत्री, उपाध्यक्ष संयोजन एमबी लिम्बू, उपाध्यक्ष प्रशासन प्रशान्त बाबू छेत्री, महासचिव संगठन प्रकाश पराजुली, गान्तोक जिल्ला अध्यक्ष ललित गुरुङ, उपाध्यक्ष कर्मा छिरिङ भोटिया, पेमा ग्याल्पो भोटिया लगायतका विशिष्ट नेताहरू तथा जिल्लाका सक्रिय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। समन्वय सभामा पार्टीको आगामी रणनीति, संगठन विस्तार र निर्वाचन तयारीका विषयमा गहन छलफल गरियो। वरिष्ठ वक्ताहरूले पार्टीलाई अझ जुझारु बनाउँदै, परिवर्तनशील रणनीतिहरू अप्नाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। सभामा सहभागीहरुले सक्रियरूपमा आआफ्ना मन्तव्य राखे।गान्तोक जिल्ला अध्यक्ष ललित गुरुङ, उपाध्यक्ष संयोजन एमबी लिम्बू र राजनीतिक मामिला उपाध्यक्ष भूषण अधिकारीले सम्बोधन गरेका थिए। वक्ताहरूले प्रत्येक निर्वाचन क्षेत्रमा समष्टिस्तरीय काउन्सिलको विस्तार गरिनुपर्ने, स्थानीय तहमा संगठनलाई अझ प्रभावकारी बनाउनु पर्ने र जनताको मुद्दाहरूलाई प्राथमिकतामा राख्दै जनआन्दोलनलाई मजबुत बनाउनुपर्ने कुरामा जोड दिएका थिए। सिटिजन एक्सन पार्टीले यो बैठकलाई संगठन सुदृढीकरण र आगामी रणनीति निर्माणको लागि महत्वपूर्ण कदमको रूपमा लिएको छ। पार्टीका नेता, कार्यकर्ताको सक्रिय सहभागिता र प्रतिबद्धताले पार्टीलाई अझ एकताबद्ध बनाउँदै जनताको पक्षमा बलियो आवाज उठाउने कामलाई निरन्तरता दिने तयारी पनि गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement