गान्तोक: मंगन जिल्लाको टुङ नागा ग्राम पञ्चायतमा आज बेटी बचाऔँ बेटी पढाऔँको व्यानरमा एक सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको मुख्य उद्देश्य महिला र बालबालिका सम्बन्धी विभिन्न योजना र कानुनी अधिकारबारेमा जानकारी गराउनु रहेको थियो। कार्यक्रममा मंगन जिल्लाकी सीडीपीओले प्रधानमन्त्री मातृ बन्दना योजना र किशोरीहरूको निम्ति शुरू गरिएको सागबारे प्रकाश पारे।
उनले बाल विवाह मुक्त भारत अभियानबारेमा उपस्थितहरूलाई जानकारी दिँदै बाल विवाह नियन्त्रण र महिला र बालबालिकाको कल्याण सुनिश्चित गर्ने महत्त्वमा जोड दिए। स्वास्थ्य शिक्षक रिन्चेनले मुख्य स्वास्थ्य विषयहरू सम्बोधन गरे, जसमा: क्षयरोग,सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न ऐन, आयुष्मान भारत डिजिटल मिशन योजनाबारे प्रकाश पारे।