गान्तोक: याङगाङमा सञ्चालित भालेढुङगा रोपवे परियोजनाका अधिकारी र याङगाङ पर्यटन विकास समितिका अधिकारीहरूको एक बैठक आज धाप्पर रोपवे परिसरमा सम्पन्न भयो। यस बैठकको अध्यक्षता सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापाले गरेकी थिइन् भने बैठकमा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आज बसेको बैठकको क्रममा विशेषरूपमा भाले ढुङ्गाको ठूलो स्काईवाक परियोजनालाई लिएर मुख्यमन्त्रीप्रति धन्यवाद प्रकट गरेको छ। यस पहलले सिक्किमको पर्यटन नक्सामा प्रमुख गन्तव्यको रूपमा स्थापित गर्दै सम्पूर्ण याङ्गाङ क्षेत्रको अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिने र यसलाई पुनरुत्थान गर्ने अपेक्षा गरिएको छ। बैठकमा विशेष गरेर सामुदायिक विकास, दक्ष परियोजना व्यवस्थापन, वातावरणीय व्यवस्थापन-संरक्षण र याङगाङको पर्यटन प्रवर्द्धनका लागि रणनीतिमाथि छलफल गरियो। सहभागीहरूले परियोजनाको सफलता र दीर्घकालीन दिगोपन सुनिश्चित गर् सरोकारवालाहरूबीचको सहकार्यको महत्त्वलाई जोड दिए।
यस अवसरमा स्थानीय विकासको लक्ष्यलाई लिएर क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र समुदायका लागि आर्थिक अवसर सिर्जना गर्ने विषयमा पनि केन्द्रित रहेको जनाएको छ। स्काई वाक परियोजना, रोपवेसँग जोडिएको यस क्षेत्रको समग्र पर्यटन आकर्षण वृद्धि गर्दै आगन्तुकहरुको भीडलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।