गेजिङमा पर्यटन प्रवर्द्धनका लागि प्रशासनिक बैठक

IMG-20241130-WA0229

गान्तोक: गेजिङ जिल्लाको राब्देञ्जीको जिल्ला प्रशासनिक केन्द्रमा आज स्वदेश दर्शन पहल अन्तर्गत गन्तव्य व्यवस्थापन समितिको बैठक सम्पन्न भयो। यस अवसरमा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा, पुलिस अधिक्षक छिरिङ शेर्पा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। आज सम्पन्न भएको बैठकमा विशेष गरेर पर्यटन पूर्वाधार, दिगो पर्यटन अभ्यास र पर्यटन क्षेत्रलाई बढावा दिने विषयमाथि छलफल गरियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल योङदाले तोकिएको क्षेत्रको समयमै समाधान र प्रभावकारी व्यवस्थापनमा जोड दिँदै क्लियरेन्स र एनओसी सम्बन्धी बाँकी रहेका समस्यालाई प्राथमिकता दिन सम्बन्धित सबै अधिकारीलाई निर्देशन दिएकी छन्। उनले जिल्ला र वरिपरिका सडक मार्ग विशेष गरी चेनरेजिङ, पेलिङ, लेगसेप, रिम्बी-योक्सम र हिङताम सडकको एकतर्फी डाइभर्सनको सम्बन्धमा विभागले गरेको पहलबारे सडक एवम पुल विभागका अधिकारीहरूसँग जानकारी लिइन्। यस अवसरमा पेलिङ टुरिज्म डेभलोपमेन्ट एसोसिएशनले केही परिवर्तनहरू समावेश गरेर मुख्य पेलिङ स्क्वायर वरिपरिको क्षेत्र फेस लिफ्टिङको लागि जिल्लापाललाई अनुरोध गऱ्यो। जिल्लापालले पीडीटीएका सदस्यहरू र सरोकारवालाहरूसँग भेट्न र औपचारिक आवेदन पेश गर्न सल्लाह दिइन्। सोही प्रकारले गेजिङ जिल्लाका अतिरिक्त पुलिस अधिक्षकले पेलिङका लागि पार्किङको व्यवस्था र स्वदेश दर्शन योजनाले केही सुविधा बढाउन सक्ने सुझाव दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement