दुबई: अण्डर-१९ एशिया कप क्रिकेट टुर्नामेण्टमा भारत शनिवार खेलिएको ग्रुप ए-को म्याचमा चीरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ४३ रनले हारको सम्मुखीन भयो। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले ५० ओभरमा ७ विकेटमा २८१ रन बनायो । त्यसपछि भारतीय टीम ४७.१ ओभरमा २३८ रन बनाएर अलआउट भयो। भारतको तर्फबाट निखिल कुमारले ७७ बल खेलेर ६ वटा चौका र ३ वटा छक्काको साथ सर्वाधिक ६७ रन बनाए। यसबाहेक दशौँ नम्बरमा ब्याटिंग गर्दै मोहामेद एनानले २२ बलमा २ वटा छक्का र २ वटा चौकाको साथ ३० रन बनाए। विकेटकीपर ब्याटर हरवंश पंगालियाले २६ रनको योगदान दिए। पाकिस्तानका बलरहरूमा अली राजाले सर्वाधिक ३ विकेट हासिल गरे। यसअघि पाकिस्तानले ओपनर शाहजैब खानको शतकीय ईनिंग्स (१५९ रन)-को सहायताले विशाल स्कोर बनाया। उनले १४७ बल खेलेर ५ वटा चौका र १० वटा छक्का लगाए। उनले पहिलो विकेटको निम्ति उस्मान खानसँग मिलेर ३०.४ ओभरमा १६० रनको पार्टनरशीप गरे। उस्मानले ९४ बल खेलेर ६ वटा चौकाको साथ ६० रन बनाए। अयुष म्हात्रेले उस्मानलाई आउट गरी पार्टनरशीप तोड़ेपछि पाकिस्तानले लगातार अन्तरालमा विकेट गुमायो। यसरी शाहजैबले अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउँदै स्कोर २८१ रनसम्म पुऱ्याए। उनी अन्तिम ओभरको पहिलो बलमा आउट भए। अन्य ब्याटरहरूमा मुहम्मद रियाजुल्लाहले २७ रनको योगदान दिए। भारतीय बलरहरूमा सामर्थ नागराजले ३ र म्हात्रेले २ विकेट हासिल गरे। ग्रुप ए-मा भारत र पाकिस्तानबाहेक यूएई र जापान रहेको छ।