अपडेट: रम्फुमा बस दुर्घटनामा छजनाको मृत्यु, १५ जना घाइते

IMG-20241130-WA0174

कालेबुङ: सिलगढीबाट सिक्किमको गान्तोक गइरहेको बस रम्फूको अटल ब्रिज नजिक दुर्घटना हुँदा अहिलेसम्मको जानकारी अनुसार ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। उक्त बस दुर्घटनामा परेर धेरै यात्रीहरु घाइते भएका छन्।
उक्त बस दुर्घटना आज अपराह्न भएको जानकारी प्राप्त भएको छ। रम्फुमा बस दुर्घटनाको जानकारी पाएर पुलिस, चालकवर्ग र मानिसहरूले घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाएका थिए।
घाइतेहरुलाई तत्कालै सिक्किमको रम्फु र सिङ्ताम अस्पतालमा लगिएको थियो। बस दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु र १५ जना घाइते भएको पुलिस सूत्रले जानकारी साझा गरेका छन्‌। प्राप्त जानकारी अनुसार ६ जना मृतकहरुमा कोलकोता निवासी इकबाल हुसेन, देवराली,गान्तोक निवासी गोपाल प्रसाद, सामसिङ निवासी अजय तामाङ, सिक्किमको रम्फु निवासी जुलु कुमारी, आश्रमपाडा, सेभोक रोड सिलगढीे निवासी इन्द्रजीत सिंह अनि एकजना मृतकको परिवारको परिचय नखुलेको पुलिसले जानकारी गराएका छन्‌‌। घाईतेहरुको उपचार चलिरहेको र मृतकहरुको संख्या बढ्न सक्ने आशंका पनि गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement