शुरु भयो १४औं सिलगढी विभागीय पुस्तक मेला, पहिलो दिनमै बाक्लो भीड  

IMG-20241130-WA0210

सिलगढी: नयाँ पुस्तालाई पुस्तकप्रति आकर्षित गर्न आजदेखि बाघजातिन पार्कमा १४औँ सिलगढी विभागीय पुस्तक मेला शुरु भएको छ। दीप प्रज्वलन गरी पुस्तक मेलाको उद्घाटन गरियो। यस अवसरमा सिलगढी मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, दार्जीलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोष र अन्य उपस्थित थिए। मेला शुरु हुनेबित्तिकै किताब किन्न शहरवासीको भीड लाग्ने गरेको छ। उद्घाटन समारोहमा सिलगढीका मेयर गौतम देवले भने, ‘आज मेलाको पहिलो दिन हो, नयाँ पुस्तालाई पुस्तकतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यो पुस्तक मेला प्रभावकारी साबित हुनेमा हामी आशावादी छौं।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement