रम्बीमा खण्ड प्राथमिक स्वास्थ्य एकाईको शिलान्यास कार्य सम्पन्न

IMG-20241130-WA0212

मङ्पु: रम्बीमा खण्ड प्राथमिक स्वस्थ्य एकाईको शिलान्यास कार्य सम्पन्न भएको छ। रम्बी बजारको पुरानो अस्पताल क्षेत्रमा अब नयाँ रम्बीमा खण्ड प्राथमिक स्वास्थ्य एकाई भवनको नवनिर्माण हुने भएको छ। रेलवे ईरकण कम्पनीको सीएसआर फण्डद्वारा उक्त खण्ड प्राथमिक स्वास्थ्य एकाईको भवनको शिलान्यास कालेबुङ खण्ड एक पञ्चायत समितिको उप सभापति अनि भागोप्रमो हाईवेका सयोजक उत्तम राईको बाहुलीबाट नरिवल फुटाएर गरियो। आजको उद्घाटन समारोहमा टिस्टा ग्राम पञ्चायत प्रधान सङमीत लेप्चा, भागोप्रमो युवा शक्तिको उप सभापति ज्ञानम लेप्चा, रम्बी अस्पतालका बीएमओएच डा. राजदीप घटक, ईरकण कम्पनीका इञ्जिनियर देवाशिष लगायत अन्यहरु उपस्थित रहेका थिए।

उक्त भवन जीटीए अनि भागोप्रमो हाईवेको संयोजक उत्तम राईको पहलमा निर्माण हुन लागिरहेको बताइएको छ भने भवन निर्माण कार्य आजदेखि शुरु हुने कुरा संयोजक राईले जनाएका छन्। रम्बी क्षेत्रमा स्वास्थ्य एकाईको निर्माण हुन लागेकोमा ग्राम पञ्चायत प्रधान लेप्चाले सबैलाई आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement