सोनादा: सोनादा पचेङ समष्टि अन्तर्गत सेलेमेण्डर लेक भञ्ज्याङदेखि मुण्डा चियाबारीको गीता भवन सम्म पुग्ने रोडको मरमत्तिको लागि राखिएको अलकत्रहरु असामाजिक कुतत्वहरुले सबै आगो लगाई दिएर जलाई दिएको घटना प्रकाशमा आएको छ। सभासद अनिश थापाले भने, ‘सोनादा पचेङ समष्टि अन्तर्गत रिङटाङ्ग क्षेत्रमा रहेका गाउँहरुलाई सुविधा होस् भनेर रोडको मरमत्तिको लागि अलकत्र राखिएको थियो। विशेष गरेर उक्त जीर्णावस्थामा रहेको रोडले गर्दा लाइनधुरा, गोदामधुरा, कालु बस्ती, राजवीर बस्ती आदि गाउँको जनतालाई धेरै असुविधा भईरहेको थियो।यस रोडको जीर्णावस्थालाई ध्यानमा राखेर जनताको सुविधाको लागि पहल गर्दै जीटीए प्रमुख अनित थापालाई भनेर एक करोड पचास लाख राशि अनुमोदन भएको छ। तर यसरी जनताको लागि मरमत्तिको लागि राखिएको अलकत्रहरु आगो लगाएर जलाउनु कस्तो मानसिकता हो।’
सभासद अनोश थापाले अघि भने, ‘हामीले जनताले दिएको चौकीमा बसेर सामाजिक दायित्व सम्झेर जनताकोे लागि काम गरिरहेका छौँ। तर हाम्रो कामको सराहना र धन्यबाद दिनुको सट्टा यसरी उल्टै यस्तो नराम्रोे काम गरिदिन्छ। सभासद थापाले सबै जनतालाई आह्वान् गर्दै सामाजिक दायित्व सम्झेर राम्रो कामको सराहना गर्नुको साथै संरक्षण गर्नुपर्छ भनी आग्रह गरेका छन्। यस क्षेत्रमा सडक अत्यन्तै जीर्णावस्थमा रहेकोले सडकलाई मरमत्ति गर्नलाई १ करोड ५१ लाख पारित भएको अनि रोडको मरमत्ति गर्नलाई राखिएको अलकत्रहरु असामाजिक कुतत्वहरुले रातीआगो लगाएर जलाएपछि सबै अलकत्रहरु सडकदेखि नालीभरि छरपष्ट रुपले बगेको क्षेत्रीय सभासद अनोश थापाले आज एक भिडियो जारी गरी बताएका छन्। उनले घटनाको जानकारी प्राप्त हुनासाथ सोनादा पुलिस आउट पोष्टमा खबर गरेपछि तत्कालै पुलिस घटना स्थलमा पुगेर एकजनालाई पक्राउ गरेको बताएका छन्। उनले पक्राउ परेका व्यक्ति जसले पनि आगो लगाल उनको पछि को छ भनी प्रश्न गर्दै जनताको सुविधाको लागि सडक मरमत्तिको राखिएको अलकत्रहरु आगो लगाएर यसरी नष्ट पार्नुको उद्देश्य के हुनसक्छ भनीे सभासद अनोश थापाले प्रश्न गरेका छन्।