घैयाबारीमा डेढ लाख नगदराशि भएको ओपेन फुटबल टुर्नामेन्ट आयोजना गरिने

IMG-20241130-WA0203

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीमा डेढ लाख नगदराशि भएको ओपेन फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ।‌ यसै ओपेन फुटबल टुर्नामेन्ट आयोजना विषयमा घैयाबारीको मानेडाँडास्थित सार्वजनिक भवनमा घैयाबारी र वरिपरिका संघ संस्थाहरुलाई लिएर घैयाबारी स्पोर्ट्स एसोसिएसनको सभा सम्पन्न भएको छ।‌ उक्त सभाको निर्णय अनुसार आगामी ७ दिसम्बर २०२४ देखि घैयाबारीको नेताजी हाई स्कूलमा ओपेन फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ।‌ उक्त ओपेन फुटबल टुर्नामेन्टमा विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि डेढ लाख अनि उप विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि एक लाख प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ।‌ उक्त ओपेन फुटबल टुर्नामेन्टमा सहभागिताको लागि आगामी ३ दिसम्बरभित्र प्रवेस शुल्क ३ हजार ५ सय रुपियाँ तिरेर सहभागिता जनाउन सकिने भएको जानकारी प्राप्त भएको छ। उक्त सभापछि पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोर्ट्स एसोसिएसन साथै पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले यो ओपेन फुटबल टुर्नामेन्टको मुख्य उद्देश्य स्थानीय फुटबल खेलाडीहरुलाई प्रोत्साहन गर्नु रहेको बताएका छन्‌।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement