सिपाहीधुराको भोटे बस्तीमा तीन दिवसीय विश्व शान्ति पूजा सम्पन्न

IMG-20241130-WA0196

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिपाहीधुराको भोटे बस्तीमा तीन दिवसीय विश्व शान्ति पूजा सम्पन्न भएको छ।‌ सिपाहीधुरा क्षेत्रमा रहेको पाँचवटा समाजयहरुको संयुक्त आयोजनामा उक्त तीन दिवसीय विश्व शान्ति पूजा सम्पन्न भएको छ। पाँजवटा समाजहरुमा आनन्द गाउँ समाज, डाँडा गाउँ समाज, राई गाउँ समाज, सिपाहीधुरा समाज, भोटे गाउँ समाज आदिको संयुक्त आयोजनामा सम्पन्न भएको छ।‌ गत २७ नोभेम्बरदेखि शुरु गरिएको उक्त तीन दिवसीय विश्व शान्ति पूजा आज ३० नोभेम्बरको समाप्त भएको छ। आज अन्तिम दिन पोख्रेबुङबाट आएका बौध्द धर्म गुरु टुल्कुलाको बाहुलीबाट वाङ वितरण गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिकाे पक्षबाट अमर थापा र सुकमान तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।

दुवैले यो तीन दिवसीय विश्व शान्ति पूजा आयोजनाको मुख्य उद्देश्य गाउँ घरको शान्तिको लागि, वरिपरिका क्षेत्रहरु साथै विश्वको नै शान्तिको लागि विश्व शान्ति पूजा आयोजना गरिएको बताएका छन्‌। उनीहरुले यस तीन दिवसीय विश्व शान्ति पूजामा‌ सहयोग गर्नेहरु सबैप्रति आभार प्रकट गरेका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement