सिलगढी: सिलगढी कलेजका एक प्राध्यापकमाथि विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तृणमूल छात्र परिषदले कलेजमा विरोध प्रदर्शन गर्दै कलेजका प्रिन्सिपल समक्ष ज्ञापनपत्र बुझाएका छन्। ज्ञापन पत्र मार्फत अङ्ग्रेजी विभागका एक प्राध्यापकले कलेजका विद्यार्थीलाई धेरै दिनदेखि दुव्र्यवहार गरेको आरोप लगाइएको छ। विद्यार्थीलाई पटकपटक व्हाट्सएपमा म्यासेज पनि गर्ने गरेको आरोप लगाएको छ।
सो घटनापछि विद्यार्थी र उनको परिवारले तृणमूल विद्यार्थी परिषद्लाई यस विषयमा जानकारी गराएका थिए। घटना सार्वजनिक हुने बित्तिकै तृणमूल विद्यार्थी परिषद्का सदस्यहरू प्रोफेसरको विरोधमा उत्रिए पछि उनिहरुले कलेजका प्रिन्सिपल सुजित घोष समक्ष ज्ञापनपत्र बुझाएका हुन।
यस सम्बन्धमा तृणमूल विद्यार्थी परिषद्का इकाई अध्यक्ष ओम चक्रवर्तीले विद्यार्थीले आफुहरुलाई गुनासो गरेको बताए। उनिहरुले ज्ञापनपत्र ब्दारा प्राध्यापकलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।
यसैबीच, सिलगढी कलेजका प्रिन्सिपल सुजित घोषले आईसीसी समितिमा उजुरी गरिएको बताए। उनीहरुको प्रतिवेदनका आधारमा कारबाही हुने आश्वासन दिए।