वाराणसी: वाराणसी क्यान्ट रेलवे स्टेशनको वाहन पार्किङमा शुक्रवार अबेर राति आगलागी भएको छ। सूचना पाए लगतै दमकल कर्मीहरू घटनास्थल पुगे। आगोलाई नियन्त्रित गर्नका लागि आधा दर्जन वारुणयंन्त्रका गाडीहरू आगो नियन्त्रण गर्न परिचलन गरिएको थियो।
आगोलाई नियन्त्रण गरिसक्दासम्म पार्किङमा रहेका २ सय बाइक जलेर खरानी भई सकेको थियो। यस घटनामा कुनै जनहानि भने भएन।
आगलागीको क्रममा धेरै बाइकको पेट्रोल ट्याङ्की पड्किएको थियो। घटनास्थलदेखि लिएर स्टेशन परिसर कालो धुॅंवाले ढाकेको थियो। सर्कुलेटिङ एरिया र स्टेशन परिसर छेउछाउ सनसनी फैलिएको थियो। घटना स्थल वरपर मानिसहरूको ठूलो भीड जम्मा भएका थिए। उनीहरूलाई रेलवे पुलिसले हटाए।
क्यान्ट रेलवे स्टेशनको प्लेटफर्म नम्बर एक छेउ रेल कर्मीहरूको निम्ति वाहन पार्किङ छ। शुक्रवार राति लगभग एक बजे पार्किङमा शर्ट सर्किटका कारण आगो लागेको बताए। शुरूमा एउटा वाहनमा आगो लाग्यो र बिस्तारै अन्य वाहनहरू पनि जल्न थाल्यो। हेर्दा हेर्दै आगोले सबै वाहनहरूलाई आफ्नो चपेटामा लियो। आरपीएफ र जीआरपीका साथै रेलकर्मीहरू बचाउ कार्यमा जुटेका थिए। घटनास्थलबाट ३० वटा वाहन सुरक्षित निकाल्न सफल भए। तर, त्यस समयसम्म आगोले विकराल रूप लिइसकेको थियो। अथक प्रयासपछि वारुणयन्त्रले बिहान ३ बजेसम्म आगोलाई नियन्त्रण गरेको थियो। सो आगलागीको घटनामा अन्दाजी तीन करोड़ रूपियॉंको क्षती भएको बताइएको छ।
क्यान्ट जीआरपी प्रभार अनुसार, शट सर्किटका कारण २ सय वटा मोटरसाइकल जलेका छन्। जीआरपी वाराणसी क्यान्ट टीम र वारुणयन्त्रको अथक प्रयासपछि रेलवे टिकट घर, थाना जीआरपी, आरपीएफ भवन र प्लेटफर्म नम्बर १ मा आगो फैलिनबाट जोगाएको हो।