क्यानडाका प्रधानमन्त्री ट्रूडो- ट्रम्प संग भेट् गर्न फ्लोरिडामा

justin-trudeau-300012370-16x9_0

फ्लोरिडा: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्प संग भेट् गर्न फ्लोरिडा पुगेका छन्। फ्लाइट ट्र्याकर्सले पाम बीचको मार्गमा ट्रूडोको विमान पहिचान गरेका थिए।
सो यात्रा ट्रम्पको क्यानडा, म्याक्सिको र चीनमाथि सम्भावित आयात शुल्कको घोषणापछि भएको हो।
द न्यूयर्क टाइम्सका अनुसार, जस्टिन ट्रूडो शुक्रवार राती मार-ए-लागोमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्पसॅंग भेट गर्न फ्लोरिडा पुगेका छन्। एक अधिकारीले भने, ट्रूडो र ट्रम्पले एकैसाथ भोजन गर्नु थियो। ट्रूडोसॅंग क्यानडाको सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्लांक पनि थिए। तर, ट्रम्पको टीमले शुक्रवार उनको कार्यक्रमको बारेमा कुनै जानकारी नै गराएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement