जाेरहाट(असम): मरियानी थाना सामु भएको एक भयानक सड़क दुर्घटनामा स्कुटरमा सवार एकजनाको घटना स्थलमै मृत्यु भएको छ भर अन्य दुईजना घाइते भएको पुलिसले जानकारी गराएकको छl
पुलिसका अनुसार यो दुर्घटना त्यसबेला भएको हो जतिबेला १६चक्के ट्रक (एएस-०१एससी-५४६३)-ले मरियनी थाना तीनिआलीमा एक एक्टिवा स्कुटरलाई ठक्कर दिएको थियो।
यस घटनामा स्कुटर सवार सिद्धार्ध हजारिकाको घटना स्थलमै मृत्यु भएको छ।
घटना बिबरण अनुसार ट्रकको चक्कामा फसेको स्कुटलाई घिसार्दै ट्रक चालकले लगभग दुई किलोमीटरसम्म लिएर गयो। धोधर अली नामक स्थानमा ट्रकलाई छोड़ेर ट्रक चालक र ह्याण्डीम्यान फरार भए। सोही क्रममा ट्रकको ठक्करले अर्का एकजना व्यक्ति र नौ वर्षीय बालक घाइते भए। त्यस पछि घटनास्थलमा पुगेका पुलिसले ट्रकलाई नियन्त्रणमा लिएका छl पुलिस ब्दारा ट्रक चालकलाई खोज्न पुलिस जुटिसकेको छ।
यसैबीच गम्भीर अवस्थामा रहेका स्कूटर चालक सिद्धार्थ हजारिकालाई जोरहाट मेडिकल कलेज हस्पिटल (जेएमसीएच) लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको छ।