परराष्ट्रमन्त्री डा. राणाले छन्दु स्थित महावाणिज्य दूतावासको निरिक्षण

IMG-20241130-WA0149

काठमाण्डू: नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरिन्।
त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउत र त्यहाँका कर्मचारीहरुले स्वागत गरेका थिए। मन्त्री डा. राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका काम कारबाहीका बारेमा जानकारी गराएका छन्।
मन्त्री डा. राणाले आगामी वर्ष नेपाल र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिइन्।
यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्द्धन हुनुका साथै दुवै देशका जनताबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको पनि उनले बताइन्।
मन्त्री डा. राणाले नेपाली चिया, कफी, औषधीजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने कार्यमा लाग्न पनि निर्देशन दिएकि थिइन्।
त्यस अवसरमा मन्त्री डा. राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन्। त्यस अवसरमा उक्त महावाणिज्यदूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायत पनि सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement