बिहे गर्ने विवादमाप्रेमी ब्दारा प्रेमिकाको हत्या

IMG-20241130-WA0122

जनकपुरधाम: बिहे गर्ने विषयमा विवाद हुँदा धनुषामा एक जना युवतीको हत्या भएको छ। जनकनन्दिनी गाउँपालिका-५ की २० वर्षीया रेखाकुमारी मण्डलको हत्या भएको हो।
आफ्नै प्रेमीले रेखाको हत्या गरेको प्रहरीले जनाएको छ। रेखाको शव जनकनन्दिनी-४ स्थित आमाखोलामा फेला परेको थियो। प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत नवंबर २३मा शंकास्पद शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढायो। अनुसन्धानका क्रममा रेखाकुमारीको हत्या उनकै प्रेमी जनकनन्दिनी-३ का २२ वर्षीय रामललित खत्वे मण्डलले गरेको खुल्यो। रामललितसहित घटनाका आरोपीहरु २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको सहिदनगर नगरपालिका-८ का २४ वर्षीय रमेशकुमार मण्डल रहेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए। उनका अनुसार तीनै जनालाई पक्राउ गरिसकिएको छ।
रेखाको हत्याका मुख्य आरोपी उनकै प्रेमी रामललित रहेको प्रहरीले जनाएको छ। उनीहरु ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए। विवाह गर्ने विषयमा भएको विवाद हत्यामा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement