उपचुनाउमा आवण्टित ईभीएमहरू चुनाउ गोदाममा स्थानान्तरण गरियो

IMG-20240717-WA0003

नाम्ची: उपचुनाउ २०२४को निम्ति आवण्टन गरिएको ४० वटा ईभीएम आज सुरक्षित रूपमा चुनाउ गोदाममा स्थानान्तरण गरिएको छ। उक्त ईभीएमहरू नाम्ची उच्चतर माध्यमिक विद्यालयमा स्थापित स्ट्रङ रूममा राखिएको थियो।

जानकारी अनुसार, स्ट्रङ रूम भारतीय निर्वाचन आयोगको प्रोटोकल अनुसार दिउॅंसो १२:५४ बजी खोलियो। यसपछि, ईभीएमहरू मानक सञ्चालन प्रक्रिया अनुरूप सुरक्षित रूपमा स्थानान्तरण गरियो। पछि, चुनाउ गोदाम दिउॅंसो २ बजी बन्द गरियो।

ईभीएम स्थानान्तरणको सम्पूर्ण प्रक्रिया नाम्चीका एडीसी सुभाष घिमिरेको देखरेखमा सम्पन्न गरियो। यस अवसरमा उपसचिव, चुनाउ भूमिका छेत्री र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement