गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजभवनमा रहेको बगैचाको भ्रमण गरे। यस क्रममा उनले विगतमा राजभवनमा प्रमुख व्यक्तिहरूले लगाएका बोट विरुवाहरूको हेर बिचार माथि जोड़ दिए।उनले उद्यानको ऐतिहासिक महत्व कायम राख्नका लागि यी बोट विरुवाहरूको स्याहार सम्भार
गर्नुपर्ने आवश्यकता रहेको औल्याए।
उनले राज्यपालले राजभवन परिसर स्थित पोखरीको स्वच्छतामाथि पनि ध्यान केन्द्रित गर्नुपर्ने बताए। यसैगरी, उनले राजभवन परिसरमा निर्माणाधीन गौशालाबारे पनि केही सुझावहरु दिएका छन्। जस अनुसार उनले बगैचामा लगाइएका साग-सब्जीहरूमा प्राकृतिक उर्वरकको रूपमा गौमूत्रको उपयोगको महत्वमाथि प्रकाश पारेका थिए।
यसका अतिरिक्त, राज्यपालले राजभवन परिसरमा एउटा नयॉं अंगोरा खरायोको फार्म स्थापनाको इच्छा व्यक्त गर्दै यसका लागि अधिकारीहरूलाई आवश्यक निर्देश दिएका छन्।