गान्तोक: राजधानीको मुटु मानिने एमजी मार्ग नयाँ बजारमा निर्माणाधीन स्टार मलको निर्माण कार्य गत केही महिनादेखि सील गरिएको थियो। विशेष गरेर उक्त मलका ठेकेदारले सिक्किम एलोटमेन्ट साइटस एण्ड कन्सट्रक्सन अफ् विल्डिङ (रेगुलेसन ऐन १९९५ को उल्लंघन गरेको भन्दै सरकारले सील गरेको थियो। तर आज गान्तोक जिल्लाका महकुमा अधिकारी महेन्द्र छेत्रीले सदर थानाका एसआई लोडे लेप्चा, एएसआई डीबी गुरूङको उपस्थितिमा आधिकारिकरूपमा सिल खोल्दै निर्माण कार्यलाई जारी राख्ने अनुमति प्रदान गरेको छ। राज्यको शहरी विकास विभागको नेतृत्वमा गरिएको बृहत् समीक्षापछि निर्माण कम्पनीले सबै नियामक आवश्यकताहरू सफलतापूर्वक पालना गरेको ठहर भयो। यसमा सिक्किम भवन निर्माण नियमन , १९९१, साथै विभागद्वारा जारी अन्य वैधानिक दिशानिर्देशहरूको पालना गर्नुपर्ने समावेश छ। सरकारको यी सबै नियमहरू पालन गरिएको प्रमाणइत भएपछि बहु-तह कार पार्किङ र कमर्शियल कम्प्लेक्सको निर्माण स्वीकृत मापदण्ड अनुसार अघि बढ्न अनुमति दिई सील खोल्ने आदेश दिएको हो।