गान्तोक: मंगन जिल्लाका जिल्लापाल अन्नत जैनको अध्यक्षतामा आज 15 चुङथाङ ग्राम पञ्चायत यूनिटका मानिसहरूको लम्बित मागलाई सम्बोधन गर्दै सरकारद्वारा शुरू गरिएको विभिन्न योजनालाई लिएर समीक्षा सभा सम्पन्न भयो। उल्लेखनीय छ, चुङथाङ जीपीयूलाई राज्यका राज्यपाल ओम प्रकाश माथुरले गत १२ नोभेम्बरको दिन यस जीपीयूको आर्थिक-सामाजिक विकासको निम्ति काख लिने घोषणा गरेका थिए। यो निर्णय उनको हालैको मङ्गन भ्रमणको क्रममा जनताले उठाएका मागहरूको आग्रहमा गरिएको हो। चुङथाङ ग्राम पञ्चायत यूनिटका पाँच वार्डहरू जसमा चुङथाङ, पेगोङ, थेङ, चोटेन र बप सामेल रहेको छ।
बैठकको क्रममा, जिल्लापालले क्रमबद्ध ढङ्गमा सबै कामहरूको स्थितिबारेमा जानकारी लिए।