उत्तर बंगालकै प्रसिद्ध एडभेञ्चर हब बन्दै खरसाङको रोहिणी क्षेत्र

IMG-20241129-WA0198

खरसाङ: खरसाङको रोहिणी क्षेत्रमा अहिले एडभेञ्चर टुरिज्म निक्कै फस्टाएर गएको छ। एडभेञ्चर टुरिज्ममा रोहिणीले हालैमा ठूलो फड्को मार्दै उत्तर बंगालकै प्रसिद्ध एडभेञ्चर टुरिज्मको स्थल बनेको छ। रोहिणीको शिक्षित युवाहरुले मिलेर २०२२ तिर नै गठन गरेको रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनको पहलमाा रोहिणीमा शुरु गरिएको लडभेञ्चर टुरिज्मले छोटो समयमा नै ठूलो फड्को मारिसकेको छ। रोहिणी क्षेत्रमा हालमा विभिन्न एडभेञ्चर टुरिज्म अन्तर्गत प्याराग्लाइडिङ, एटिभी अफ् रोड राईड, रिभर साइड ट्रेकिङ, ‘लञ्च इन जंगल,’ जंगल क्याम्पेन जस्ता एडभेञ्चर टुरिज्म सञ्चालन भइरहेका छन्। यसको साथै भविष्यमा एमटिभी, रेपलिङ, रिभर क्रसिङ जिप लाइन लगायत अन्य एडभेञ्चर टुरिज्म सञ्चालन हुने भएको छ।

रोहिणी क्षेत्रमा एडभेञ्चर टुरिज्म अन्तर्गत प्याराग्लाइडिङको‌ उदघाटन जीटीएको प्रमुख कार्यपाल अनित थापाले गत १ जून २०२४ गरेका थिए भने एटिभी अफ् राईडिङको उदघाटन जीटीएको पर्यटन विभागको एमओडी सभासद नुरी शेर्पा र क्षेत्रीय सभासद कल्पना प्रधानले संयुक्त रुपमा उदघाटन गरेका थिए्। त्यसपछि रोहिणीमा एडभेञ्चर टुरिज्म लगातार रुपमा प्रसिद्ध बन्दै गइरहेको छ। सिलगढीदेखि सबैभन्दा नजिकमा रहेको पर्यटन स्थल रहेको साथै एडभेञ्चर टुरिज्म सञ्चालनले हालमा रोहिणी क्षेत्र उत्तर बंगालकै सबैभन्दा प्रसिद्ध एडभेञ्चर हब र प्रसिद्ध पर्यटन स्थल बनेर गएको छ।‌ उत्तर बंगाल मात्र होइन भारतका विभिन्न राज्यहरूबाट पनि पर्टकहरु आउने गरेका छन्। यस क्षेत्रमा पर्यटकहरुको लागि प्याराग्लाइडिङ, एटिभी अफ् रोड राईड, रिभर साइड ट्रेकिङ, ‘लञ्च इन जंगल,’ जंगल क्याम्पेन जस्ता एडभेञ्चर टुरिज्म उपलब्ध छन् जसले पर्यटकहरुलाई शान्ता र स्वच्छ वातावरणको साथमा‌ रमाईलो पार्ने गरेको छ। यसको साथै रोहिणीमा बढ्दै गएको विभिन्न होटलहरु, होम स्टेहरुको निर्माणले‌ पनि पर्यटकहरुलाई आकर्षित गरिरहेको छ।

त्यसरी नै रोहिणी र तीनधारेको नयाँ कमानलाई जोड्ने लाप्चे खोलाको पुल, खोलाकोे किनार, इको फ्रेण्डली पार्क, ट्रेकिङ र हालमा प्रसिद्ध बन्दै गईरहेको रोहिणीको लियोपार्ड वाटर फल्स आदि पर्यटकहरुका आकर्षणको केन्द्रविन्दु बनेको छ।‌ उक्त रियोपार्ड फल्स ट्रेकिङ गरेर पुगेर साथै प्याराग्लाइडिङ गरेर आएपछि पर्यटकहरुका लागि प्लास्टिकमुक्त र ईको फ्रेण्डली वातावरणमा ‘लञ्च इन जंगल’ पनि आकर्षणको केन्द्रविन्दु बनेको छ। विशेष गरेर’लञ्च इन जंगल’ जातीय र परम्परागत खानपानको प्रमोट गर्नुे साथै स्थानीय र जैविक खाना पनि‌ उपलब्ध छन्।‌ रोहिणी सिलगढीबाट केवल २२ किलोमिटर र सुकनाबाट केवल १२ किलोमिटरको दुरीमा रहेकोले पनि उत्तर बंगालकै लडभेञ्चर हब बन्दै गईरहेको छ। रोहिणी क्षेत्रमा‌ सञ्चालन भइरहेको एडभेञ्चर टुरिज्म विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनको संयोजक सचिन खातीले रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसन २०२२ मा गठन भए पनि कतिपय कराणले रोहिणीमा‌ एडभेञ्चर टुरिज्म २०२४ देखि सञ्चालन भइरहेको बताएका छन्‌।‌ उनले अहिले रोहिणीमा प्याराग्लाइडिङ, एटिभी रईडिङ, लियोपार्ड वाटर फल्ससम्म ट्रेकिङ, लञ्च इन जंगल’ सञ्चालनमा‌ रहेको बताउँदै यसमा शुध्द जैविक र जातीय खानालाई प्रमोट गर्दै पर्यटकहरुका लागि राखिएको बताएका छन्‌।‌

उनले रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनले रोहिणीमा ईको फ्रेण्डली र प्लास्टिकमुक्त वातावरणमा रोहिणीमा उत्तर बंगालकै ठूलो एडभेञ्चर हब बनाउन आफुहरु प्रयासरत् रहेको बताएका छन्‌।‌ सचिन खातीले सिलगढीदेखि सबैभन्दा कम दुरीमा रहेकोले‌ रोहिणी एडभेञ्चर स्थलमा उत्तर बंगालको सिलगढी, जलपाईगुडी, कूचबिहार, बालुरघाट, फालाकाँटा, दिनाजपुर लगायत स्थानहरुबाट पर्यटकहरु प्याराग्लाइडिङ र एटिभीको लागि आउने गरेको बताएका छन्। उनले विशेष गरेर रोहिणीमा‌ आफटरनुन र ईभिनिङमा नजिकका पर्यटकहरु बेसी घुम्न आउने गरेको जानकारी गराएका छन्‌‌।‌ खातीले रोहिणीमा नयाँ टुरिज्म हब बन्नुको साथै यहाँ शिक्षित युवाहरुलाई रोजगारको अवसर सिर्जना गरिरहेको बताउँदै हालमा मात्रा १५-१६, जना युवाहरुले यहाँ रोजगार पाईरहेको बताएका छन्‌।

उनले रोहिणीमा पर्यटकहरुको बढ्दो आगमनसितै दोकानहरु र होम स्टेहरु पनि बढोत्तरी भएर गएको छ अनि यसले गर्दा क्षेत्रीय विकासको साथमा स्थानीय रुपमा रोजगारको अवसर सिर्जना भईरहेको बताएका छन्‌।‌ उनले रोहिणी क्षेत्र प्राकृतिक सुन्दरताले भरिएको छ र यसलाई सहीे रुपमा प्रयोग गरेर अझ वृहत् रुपमा अघि लाने योजना रहेको बताएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement