झण्डा देखाएर प्रस्थान गरियो पर्यटकहरूको गाडी

00-1-Tourism-Mangan-1

गान्तोक: पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री छिरिङ थिन्डुप भुटिया, लाचेन-मंगन क्षेत्रका विधायक तथा मन्त्री सामडुप लेप्चा, मंगन जिल्लाका जिल्ला अध्यक्ष, मंगनका जिल्ला अधिकारी, एसपी मंगन, चुङथाङका एसडीएम, सीमा सडक संगठनका सीओ, विभिन्न विभागका अधिकारीहरू, पर्यटन क्षेत्रका सरोकारवालाहरू, होमस्टे एसोसिएसन अफ् सिक्किम (एचएएस), ट्राभल एजेन्ट एसोसिएसन र नर्थ सिक्किम टुरिस्ट ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएसनको उपस्थितिमा तीनवटा पर्यटक गाडीलाई झण्डा देखेर प्रस्थान गराइयो।

यी गाडीहरूमा विदेशी र स्वदेशी पर्यटकहरू सवार थिए। यो पहल मंगन जिल्लामा पर्यटनलाई  १ दिसम्बर २०२४ बाट औपचारिक रूपमा पुनः शुरु गर्ने उद्देश्यले गरिएको परीक्षणको रूपमा चिन्हित गरिएको छ। यसबारेमा पर्यटन तथा नागरिक उड्डयन विभाग मंगनले एक प्रेस विज्ञप्ति जारी गरेर जनाकारी दिएको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement