बटद्रवामा हेरोइन र नगदका साथ महिला कारोवारी समातिए

IMG-20241104-WA0112

नगाउँ(असम): पुलिसले धनियाभेटी चौरापाराका लागु औषध कारोवारी हमिदुल इस्लामको घरमा छापा मारेर हेरोइन र ४लाख ८० हजार नगद सहित पक्राउ गरि एको छ । सो छापामारीमा एक महिला कारोवारी समेतलाई पनि पक्राउ गरेको छ। सो अभियानको नेतृत्व बटद्रवाका थानाका प्रभारी बीरेन कलिताले गरेका थिए।
पुलिसले सो घटनाको जानकारी दिदै पुलिसद्वारा गरिएको अपरेशनको क्रममा तस्कर हमिदुल इस्लाम भने चतुराईपूर्वक भाग्न सफल भए। पुलिसले एक महिला कारोवारीलाई पक्राउ गर्न सफल भए। हमिदुल इस्लामलाई पुलिसले नगाउँको पश्चिमी क्षेत्रबाट अहिलेसम्ममा पाँचपटक पक्राउ गरिसकेको छ। तर कानूनबाट मुक्त भएपछि उन पुनः लागु औषध व्यवसायमा संलग्न छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement