कोलकाता: राष्ट्रिय क्याडेट कोर (एनसीसी)- ले रणनीतिक सीमा राज्य सिक्किममा आफ्नो उपस्थितिलाई अझ व्यापक रूप दिने योजना बनाएको छ। एनसीसीका महानिर्देशक (डीजी) लेफ्टिनेन्ट जनरल गुरबीरपाल सिंहको गान्तोक भ्रमण पछि यस्तो जानकारी गराए।
उक्त योजना अन्तर्गत हिमाली राज्यमा एनसीसीको कार्यालय र एक प्रशिक्षण केन्द्र स्थापना हुँने छ। हाल सिक्किमका क्याडेट्स पश्चिम बंगाल र सिक्किम निर्देशालय अन्तर्गत रहेको छ, जसको कूल संख्या एक लाखभन्दा अधिक छ।
लेफ्टिनेन्ट जनरल सिंहले नरबहादुर भण्डारी सरकारी कलेजमा एक सिक्किम गर्ल्स बटालियन र तीन सिक्किम बटालियनका क्याडेटहरूसित भेट गरे। उनले क्याडेटहरूसित कुराकानी गर्दै एनसीसीद्वारा प्रदान गरिने अवसरहरू बारे जानकारी गराए। उनले भने , एनसीसीको प्रशिक्षणले युवाहरूलाई अनुशासित नागरिक बनाउनमा सहयोग गर्ने छ र रक्षा बलहरूमा करियरको विकल्प पनि प्रदान गर्ने छ।
‘सी’ सर्टिफिकेट उच्च अंक सहित प्राप्त गर्ने क्याडेटलाई संयुक्त रक्षा सेवा (सीडीएस)- को लिखित परीक्षाबाट छुट प्राप्त हुने छ। एनसीसीले क्याडेटलाई लिखित परीक्षा र सेवा चयन बोर्ड (एसएसबी) साक्षा्त्कारमा सफलता प्राप्त गर्नको लागि पनि प्रशिक्षित गर्दछ, जो राष्ट्रिय रक्षा अकादमी (एनडीए) चयन प्रक्रियाको अंग हो।
राष्ट्रिय शिक्षा नीति- २०२० अन्तर्गत एनसीसीलाई एक वैकल्पिक विषयको रूपमा समाबेश गरिएको छ। त्यस पछि केही शैक्षीक संस्थाहरूले यसलाई आफ्नो पाठ्यक्रममा समाबिष्ट गर्ने छन्। वर्ष२०२४-२५ को बजेटमा एनसीसीको लागि अहिलेसम्मकै सबैभन्दा अधिक बजेट दुई हजार सात सय चालीस करोड़ रुपियाँ अनुमोदन गरिएको छ।