२९ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा दार्जीलिङ पुलिसले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा सोमवार खेलिएको पूल ए-को म्याचमा दार्जीलिङ पुलिसले बीएसके बलराम, जलपाइगढ़ीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल नयन प्रधानले छिराए। दार्जीलिङ पुलिसका ग्याबो शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने म्याचमा कालेबुङ पुलिस र ईष्ट बेंगल जूनियर (राजगञ्ज)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।









