हर्नबिल फेस्टिवलमा भाग लिन हिड़ेका राज्य प्रतिनिधि मण्डललाई मुख्यमन्त्रीले झण्डा हल्लाएर बिदा गरे

n64126999717328844386409909d9e2d9eab9720daec853e665ca4713b99a84c50cfc26cd12ca05df6016c9

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान गान्तोकको रिज पार्कमा नागाल्याण्डको किसामा गाउँमा मनाइने प्रसिद्ध हर्नबिल महोत्सवमा सहभागी हुन गएका कार र बाइक ऱ्यालीसहितको सिक्किमी प्रतिनिधिमण्डललाई औपचारिक रूपमा झण्डा हल्लाएर प्बिदा गरेका छन।
सांस्कृतिक सहकार्यको एक महत्वपूर्ण क्षणमा सिक्किमलाई हर्नबिल फेस्टिभल २०२४ को लागि साझेदार राज्यको रूपमा घोषणा गरिएको छ।
हर्नबिल फेस्टिभल एक वार्षिक कार्यक्रम हो, जसको उद्देश्य नागा जनजातिहरूको सांस्कृतिक विरासत र परम्परालाई पुनर्जीवित र संरक्षण गर्नु हो। सिक्किम राज्यसँगको साझेदारीले पूर्वोत्तर राज्यहरूबीचको साझा विरासत र एकतालाई उजागर गर्दछ। हर्नबिल मञ्चमा सिक्किमी विरासत र परम्पराहरूको प्रदर्शन र उत्सव मनाउने अवसर प्रदान गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमै ध्यान आकर्षित गर्दछ।
सिक्किमी प्रतिनिधिमण्डलले ‘राज्यको ५०वर्ष’ भन्ने मूल नाराका साथ सिक्किम र यसको समृद्ध विरासतलाई उजागर गर्नेछ। कुल १४४ जनाकोसो टोलीमा स्वयं सहायता समूह (एसएचजी), बाइकर, कार ऱ्याली टोली, सञ्चारकर्मी, सूचना तथा जनसम्पर्क विभाग, संस्कृति विभाग, पर्यटन तथा नागरिक उड्डयन विभाग, वाणिज्य तथा उद्योग विभागका अधिकारी तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेका छन्।
टोलीलाई बिदाई गर्नु अघि मुख्यमन्त्रीले हार्दिक शुभकामना व्यक्त गर्दै उनीहरुको उत्साहजनक सहभागितालाई प्रोत्साहित गरेका थिए। मुख्यमन्त्रीले भने, यो सहकार्य हाम्रो साझा सांस्कृतिक विरासत र हाम्रा राज्यहरूबीचको एकताको भावनाको प्रमाण हो। म सबैलाई सुरक्षित यात्रा र यस प्रतिष्ठित उत्सवमा सिक्किमको प्रशंसनीय प्रतिनिधित्वको कामना गर्दछु। उनले प्रतिनिधिमण्डललाई अतिथिको सट्टा आत्मनिर्भर एकाईको रूपमा काम गर्न प्रोत्साहित गरे। एक साझेदार राज्यको रूपमा आयोजकहरूमाथि कुनै पनि बोझ कम गर्न र उनीहरूको राज्यको प्रभावकारी प्रतिनिधित्व गर्न पनि मुख्यमन्त्रीले प्रतिनिधिमण्डलाई आग्रह गरे।
यस अतिरिक्त मुख्यमन्त्रीले प्रतिनिधिमण्डललाई नागाल्याण्डको अनुभव र सकारात्मक अन्तर्दृष्टि सङ्कलन गर्न आग्रह गर्दै जुन राज्यको सुधारको लागि सिक्किममा लागू गर्न सकिने बताए। यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा उद्योग विभागका मन्त्री छिरिङ थेन्डुप भोटिया, विधायक दिले नामग्याल बर्फुङपा, सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटिया, अतिरिक्त मुख्य सचिव आर. तेलाङ, पर्यटन तथा नागरिक उड्ड्यन विभागका प्रधान सचिव सीएस राव, सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपुर्णा आले, उद्योग तथा वाणिज्य विभागकी सचिव कर्मा डी. युत्सो, संस्कृति विभागका सचिव रिम दोर्जी लेप्चा, एसकेएम युवा प्रकोष्ठका राज्यस्तरीय युवा अध्यक्ष लाक्पा मोक्तान आदि उपस्थित थिए।
सिक्किमको प्रतिनिधिमण्डल १ देखि १० दिसम्बरसम्म महोत्सव अवधिभर नागाल्याण्डमा रहने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement