कोलकाता: कोलकातास्थित सुरक्षा डायग्नोस्टिक लिमिटेडले आफ्नो आईपीओ खुल्नुभन्दा पहिले नै १६ एंकर लगानीकर्ताबाट २५३ करोड रुपियाँ जुटाएको एक प्रेस विज्ञप्तिमा बताएको छ। यी लगानीकर्ताहरूमा कर्नेलियन भारत अमृतकाल फन्ड, सोसाइटी जेनेरल, इन्टिग्रेटेड कोर स्ट्राटेजिज (एसिया), ट्रु क्यापिटल, टस्क इन्भेस्टमेन्ट्ससँगै म्युचुअल फन्ड क्याटेगरीमा आदित्य बिड़ला सनलाइफ एमएफ, बन्धन एमएफ, जेएम फाइनान्सियल, कोटक एमएफ, मिराए एसेट एमएफ, निप्पोन एमएफ, क्वान्ट एमएफलाई एंकर बुकमा शेयरहरू बाँडफाँड गरिएको छ। सुरक्षा डायग्नोस्टिकको आईपीओ (इनिशियल पब्लिक अफरिङ) शुक्रबार, २९ नोभेम्बर २०२४ मा खुल्नेछ र मंगलबार, ३ दिसम्बर २०२४ मा बन्द हुनेछ। यसको मूल्य दायरा प्रति इक्विटी शेयर ₹४२० देखि रु० ४४१ तोकिएको छ।
सुरक्षा डायग्नोस्टिक्स एक एकीकृत डायग्नोस्टिक्स सेवा प्रदायक कम्पनी हो, जसले प्याथोलोजी र रेडियोलोजी परीक्षणहरू तथा चिकित्सा परामर्श सेवाहरू प्रदान गर्ने एक-स्टप समाधान उपलब्ध गराउँछ। कम्पनीले २,३००+ जाँचहरू समेटिएको विस्तृत सेवा प्रदान गर्दछ। यसका डायग्नोस्टिक परीक्षण सूचीमा ७८८ नियमित प्याथोलोजी परीक्षण, ६६४ विशेष प्याथोलोजी परीक्षण, र ७६६ रेडियोलोजी परीक्षणहरू छन्। यीमा एक्स-रे, अल्ट्रासोनोग्राफी (युएसजी), कम्प्युटराइज्ड टोमोग्राफी (सीटी) स्क्यानदेखि ११९ उन्नत रेडियोलोजी परीक्षणहरू जस्तै म्याग्नेटिक रेजोनान्स इमेजिङ (एमआरआई) स्क्यान र विशेष सीटी स्क्यान समावेश छन्। आर्थिक वर्ष २०२४ को अवधिमा कम्पनीले करिब ११.४ लाख बिरामीहरूको सेवा गर्दै झन्डै ५९.८ लाख जाँचहरू पूरा गरेको छ। क्रिसिल (सीआरआईएसआईएल) रिपोर्टका अनुसार भारतमा डायग्नोस्टिक्स सेवाको बजार वित्त वर्ष २०२४ मा करिब ८६,००० करोड रुपियाँ पुग्ने अनुमान छ र वित्त वर्ष २०२८ सम्ममा करिब १,२७,५०० करोड रुपियाँ पुग्ने प्रक्षेपण गरिएको छ। यसका अतिरिक्त पूर्वी र उत्तर-पूर्वी भारतमा यो बजार वित्त वर्ष २०२४ मा करिब १७,००० करोड रुपियाँ रहने अनुमान छ र यो वित्त वर्ष २०२८ सम्ममा वार्षिक १०.५% देखि १२.५% को सीएजीआरले वृद्धि हुँदै करिब २६,००० करोड रुपियाँ पुग्ने प्रेस विज्ञप्तिमा बताएको छ।