गुरुग्राम: बिहारको गुण्डा नाइके सरोज राय (२६) आज बिहान अन्दाजी चार बजे पुलिससंगको भिड़न्तमा मारिए। राष्ट्रिय राजधानी दिल्ली छेउ गुरुग्रामको बाढ़ गुर्जर पुलिस थाना क्षेत्रमा मारिएका गुण्डा नाइके रायमाथि गिरफ्तारी गर्न दुई लाख रूपियॉं पुरष्कार घोषिणा गरिएको थियो।
सो कारबाही पुलिस र गुरुग्राम क्राइम ब्राञ्चको टीमले गरेको हो।
गुण्डा नाइके रायमाथि बिहारको सीतामढी थानामा जदयू विधायक पंकज मिश्रासॅंग जबरजस्ती पैसा माग गरेको मामिला पनि दर्ता थियो। पुलिसका अनुसार गुण्डा सतीश रायको क्षेत्रमा लुकेको सूचनाका आधारमा डीसीपी (क्राइम) राजेश फौगाटको नेतृत्वमा गएको टीमले जाल बिछाइयो। भिड़न्त त्यस समय शुरू भयो तब सतीश बाढ़ गुर्जर पुलिस थाना क्षेत्रमा मोटर साइकलमा गइरहेका थिए। पुलिसले उसलाई रोक्न लगाए, तर उसले पुलिसमाथि गोली चलाए। पुलिसको तर्फबाट कारबाही शुरू गरेपछि गुण्डा नाइके मारिए। रायका एक साथी भने भाग्न सफल बने।
सो भिड़न्तमा एसटीएफका एक जवान घाइते भएका छन्। गुण्डा नाइके सरोज राय सीतामढीको महिन्दवारा थाना क्षेत्रको बतरौली गाउॅं निवासी हुन। आरोपी विरुद्ध सीतामढी जिल्लाको विभिन्न थानामा हत्या, जबरजस्ती पैसा असूली र आर्म्स एक्ट जस्ता ३० भन्दा अधिक मामिला दर्ता छ। उनी २०१४ देखि गुण्डा नाइकेको रूपमा चर्चामा आएका थिए। उनी विरुद्ध औषधि व्यवसायी यतीन्द्र खेतानको हत्या गरेको मामिला पनि दर्ता छ।