हात्तीको बथानले कालचिनीका विभिन्न क्षेत्रमा उदण्ड मच्चायो

IMG-20240717-WA0001

अलिपुरद्वार: अलीपुरद्वार जिल्लाका विभिन्न क्षेत्रमा हात्तीहरुको उदण्डता जारी छ। जसका कारण विभिन्न गाउँका बासिन्दा डर त्रासमा छन्। बिहीबार अबेर राति अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको सतली नकधला क्षेत्रमा हात्तीको बथान प्रवेश गरेर स्थानीयहरुले लगाएको धान नष्ट गरेको छ।
यस्तै गरि, हात्तीको बथानले भक्तपाडा एसएसके स्कुल र आईसीडीएस सेन्टरको भान्छामा समेत प्रबेश गरी दिवा खाजा नष्ट गरेको छ। गाउँमा हात्तीहरू लगातार आउने र बालीनालीदेखि स्थानीय बासिन्दाका घरमा समेत क्षति पुरयाउने गरेको स्थानीयले बताएका छन्।
गएराति पनि तीनवटा हात्तीको बथानले गाउँमा बिध्वश गरेको थियो। जसका कारण गाउँलेहरुको रातभर पहरा दिनु परेको थियो। सो घटनालाई लिएर स्थानीयले प्रशासन र वन विभागसँग अनुगमन गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement