२९ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत सोमवार एउटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पूल एफ-को म्याचमा युनाइटेड भूटिया बस्ती एफसी-ले सनराइज स्कूललाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रथम राईले २ अनि अभिषेक तामाङले १ गोल गरे। यसको साथमा बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टमा पनि आज एउटा म्याच खेलियो। युनाइटेड फूटबल क्लब दार्जीलिङ र युनाइटेड रंगबुल एफसी-बीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। मंगलवार साई र टीन्स फूटबल एकाडमीबीच म्याच हुनेछ।